आदर्श क्रीकेट क्लबले क्रीकेट टुर्नामेन्ट (KPL-3) आयोजना गर्ने

कचनकवल:

श्रावण २५, सोमबार

कचनकवल-०२ मा रहेको आदर्श क्रीकेट क्लबले फेरी कचनकवल प्रीमियर सिजन-०३(KPL-3) आयोजना गर्ने भएको छ।

केहि महिना अघिनै आयोजना हुनुपर्ने क्रीकेट टुर्नामेन्ट कोभिड१९ जोखिम र समयमा रकम नउठेकाले स्थगित भएको थियो भने यसपटकको केहि रकम गाउँपालिकाले दिनेभएको कचनकवलका गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताउनुभएको छ। अन्य लागेको खर्चभने क्लबको कोषबाट खर्च गर्ने आयोजक समितीले बताएको छ

खेलको तालिकाको भने अझै निर्णय भइसकेको छैन र अबको केहि दिनमा क्लब समुहको बैठक बस्ने र निर्णय गर्ने बताईएको छ।